logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • भदौ २३ गते रक्षा बम र सुधनबीच भएको थियो विवाद, प्रदर्शनबाट फर्किन किन भनिएको थियो ?

    भदौ २३ गते रक्षा बम र सुधनबीच भएको थियो विवाद, प्रदर्शनबाट फर्किन किन भनिएको थियो ?

    455
    SHARES
    भदौ २३ गते रक्षा बम र सुधनबीच भएको थियो विवाद, प्रदर्शनबाट फर्किन किन भनिएको थियो ?

    काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ अभियन्ता रक्षा बम लगायतको समूह र सुधन गुरुङबीच २०८२ भदौ २३ गते विवाद भएको खुलासा गरेको छ । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवअधिकार हनन्का घटनाको छानबिन गरी आयोगले तयार पारेको प्रतिवेदनमा सो खुलासा गरिएको छ ।



    “२०८२ भदौ २३ गते लगभग ९ बजेतिर जेनजीका अगुवा भनिने आह्वानकर्ताहरू रक्षा बम, जस्मिन ओझा लगायतको समूह पुगेपछि हामी नेपालका सुधन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवकहरूको व्यवस्था, तीनवटा एम्बुलेन्स, माइकिङ लगायतको व्यवस्था गरेको देखेर त्यहाँ रक्षा बम, जस्मिन ओझा लगायतका समूहहरूले सुधन गुरुङसँग केही समय विवाद गरी गुरुङलाई प्रदर्शनबाट फर्कन समेत आग्रह गरेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

    माइतीघरमा भेला भई शान्तिपूर्ण प्रदर्शन गर्ने भनी जम्मा भएका प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ प्रहरीको ब्यारिकेड तोड्दै किन ? कस्को नेतृत्वमा गए ? शान्तिपूर्ण प्रदर्शन हो भने प्रदर्शन सुरु हुनुअगावै प्रदर्शनस्थलमा प्राथमिक उपचारको लागि टेन्ट, स्वास्थ्य स्वयंसेवकहरू, तीनवटा एम्बुलेन्सको व्यवस्था किन गर्नुपर्‍यो ? जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको अनुमति लिने निवेदकहरूले स्पष्ट ठोस जवाफ दिन नसकेको प्रतिवेदनमा जनाइएको छ । प्रहरीको व्यारिकेड तोडेर बानेश्वर हुँदै संसद् भवनतर्फ अगाडि बढेपछि प्रदर्शन उत्तेजक हिंसात्मक भएको, गलत तत्वको घुसपैठ भएको भन्ने मिसिल संलग्न सुरक्षाफौजका पदाधिकारीहरूको बयानबाट देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    “गलत तत्वको घुसपैठ भएको भन्ने थाहा पाएपछि आयोजकहरूले त्यस्तो घुसपैठ रोक्नको लागि के कस्तो प्रयास वा कृयाकलाप गरे भन्ने पनि कहीँकतैबाट खुल्दैन । यस्तो कार्य योजनाबद्ध तरिकाले पूर्वयोजनाबमोजिम वा योजनाबिना नै आकस्मिक भएको भए पनि जुनसुकै अवस्थामा पनि आयोजकहरू मुख्य जिम्मेवार हुनुपर्छ र प्रदर्शन गर्न भनी अनुमति लिने आयोजकहरूले यस्तो परिस्थितिको जवाफदेहिता पनि लिनुपर्ने हुन्छ,” आयोगले प्रतिवेदनमा भनेको छ ।

    यस्तो अवस्थामा प्रदर्शन हिंसात्मक भई भएको धनजनको क्षतिको जवाफदेहिता र जिम्मेवारी आयोजकको पनि रहने आयोगले जनाएको छ । “शान्तिपूर्ण प्रदर्शनका लागि भनी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका हामी नेपालका सुधन गुरुङ लगायतले किन माइतीघरमा प्राथमिक उपचारको लागि टेन्ट, तीनवटा एम्बुलेन्स तथा स्वास्थ्य स्वयंसेवक समेतको व्यवस्था गरेको हो भन्नेतर्फ आयोजकले ठोस जवाफ दिन नसकेको अवस्था छ भने अर्कोतर्फ यस्तो परिस्थितिको सुरक्षा निकायले समेत सुक्ष्म विश्लेषण गरी सोहीअनुसार सचेत र तयारी गर्न नसकेको पाइन्छ,” प्रतिवेदनमा भनिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट