काठमाण्डाै । त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल भीआईपी क्लब समुद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्ट सँगको साईनिङ्ग सेरोमोनि भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष तथा (एड गुरु) निर्मल राज पौडेलले भीआईपी क्लब को भिडियो विधिवत रुपमा रिमोटद्वारा स्विचिंग गरि उद्घाटन गरेका थिए।
उक्त अवसरमा बिहेनेपाल को तर्फ बाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्ट को तर्फ बाट रिजा पौडेलले समझ्दारी पत्रमा हस्ताक्षर गरेका छन् । साथै उद्घाटित बिहेनेपाल भीआईपी क्लब को बारेमा उक्त संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिइन्। श्रद्धा र श्रीया (दुई ईञ्जिनिएर दिदि बहिनि) मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार पारेकी हुन् । यस कार्यक्रमलाई भेस्पर वाइन (Vesper Wine) र कर्मा लाउन्ज (Karma Lounge) ले प्रायोजन गरेको छ।
विस्तृत जानकारी
बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोग मार्फत आफ्नो जीवनसाथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको छ। रावा सफ्टवेरद्वारा २४ फेब्रुअरी, २०२२ मा लन्च गरिएको बिहे नेपाल एपको प्रयोग मार्फत विश्वभरका अविवाहित नेपालीहरू अहिले आफ्नो उत्तम जोडीको खोजीमा छन्। प्रयोगकर्ताको उच्च साथ र सहयोगले बिहे नेपालको यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको छ। हामी नयाँ एपको लेआउट, भीआईपी क्लब, एवम् एप मार्फत इभेन्ट बुकिंग र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरू सहित, घोषणा गर्न पाउँदा एकदम उत्साहित छौं।
हाम्रा प्रयोगकर्ताहरूद्वारा अत्याधिक माग गरिएको बिहेनेपाल भिआईपी क्लब अन्ततः तपाईंहरू समक्ष आइसकेको छ। यस क्लबमा प्रयोगकर्ताहरूले तोकिएको सदस्यता शुल्क बुझाई आवद्ध हुन चाहनेले अनिवार्य रुपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आईडी, शिक्षा र योग्यता कागजात जाँच) गरेर अन्य भिआईपी क्लब सदस्यहरूसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेटाउन सक्नेछन। भिआईपी सदस्यहरूले भिआईपी लगायत स्टाण्डर्ड सदस्यहरुको पनि प्रोफाईल हेर्न, साथी बन्न, कुराकानी र अनलाईन भेट्घाट समेत गर्न पाउने छन्।
बिहे नेपाल प्रा।लि। तथा वेल्कम इभेन्ट म्यानेज्मेन्ट बीच सेप्टेम्बर ८ मा सम्झौता पत्रमा हस्ताक्षर भए पस्चात प्रयोगकर्ताहरूले बिहे नेपाल एपद्वारा नेपालको एक भरपर्दो र पूर्ण विकसित कार्यक्रम योजना र समन्वय गर्दै आएको वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोह का लागि आवश्यक पर्ने क्याटेरिङ्ग, फोटो एवम् भिडियोग्राफी, डेस्टिनेशन वेडिङ्ग, तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सक्नेछन।
बिहे नेपालले बिहे नेपाल ब्ल्याक कार्ड लन्च गरेको छ जसको प्रयोगले हामीसँग आवद्ध भएका कम्पनीहरुद्वारा बिहेको किनमेल, रेस्टुरेन्ट, सवारी साधन, स्वास्थ्य, सौन्दर्य र सैलुन, फोटोग्राफी र थप धेरै सेवाहरु लिएमा उपहार र छुट प्राप्त गर्न प्रयोग गर्न सकिन्छ।
सधैं झैं, बिहे नेपाल सुखी र स्वस्थ समाजको लागि स्वस्थ सम्बन्ध र मेलमिलाप प्रवर्द्धन गर्न टेवा पुर्याउने छ। सबै नेपालीलाई एकै ठाउँमा ल्याएर सहि मिलनको खोजीलाई सजिलो बनाउनुहोस् हामी निरन्तर प्रयासरत छौँ। हामी मुख्यत बिहेनेपाल प्लेटफर्मले दिईआएको निशुल्क सेवा निरन्तर जारी राख्दै हाम्रा प्रयोगकर्ताहरूको सामर्थ्य थप नयाँ प्रिमियम सुविधाहरू अनुभवमा थपिनेछन्। हाम्रो प्रयोगकर्ताको प्रतिक्रिया र समर्थनलाई ध्यानमा राखी हामी प्रयोगकर्तालाई समृद्ध बनाउन अगामी दिनहरुमा थप सेवा प्रदान गर्ने आशा गर्दछौं।
अर्थ चाैतारी ।