logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • सम्पदा लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

    सम्पदा लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

    312
    SHARES
    सम्पदा लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको थियो। सञ्चालक समितिको अध्यक्ष प्रदीप सिग्देल (शर्मा)को अध्यक्षतामा सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्ष शर्माले पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा/नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन साथै विभिन्न प्रस्ताव पारित गरेको छ ।



    सभामा विभिन्न सेयरधनीहरूबाट आएको जिज्ञासा, सल्लाह, सुझाव बारेमा शर्माले प्रष्ट पारेका थिए । कार्यक्रममा सञ्चालक समितिका पूर्वअध्यक्ष कृष्णबहादुर थापाले हालको अवस्थामा संस्थामा पुरानो कर्मचारीहरुलाई कसरी रिटेन्सन गर्न सकिन्छ सो को रणनीति बनाई वर्तमान परिपेक्ष्यअनुसार संस्थालाई अगाडि बढाउनु पर्ने बताएका थिए । साथै सेयरधनीलाई लागातार २ वर्षदेखि लाभांश नपाएकोले चालु आवमा केही प्रतिशत लाभांश आउनेगरी काम गर्न सझाव दिए ।

    संस्थाको साधारण सभामा कुल १३५ जना सेयरधनीहरूको उपस्थिति रहेको थियो, जसले कुल कायम रहेको सेयरको ५२.२२ प्रतिशत अर्थात ३६,६०,०२२ कित्ता सेयरको प्रतिनिधित्व गर्दछ । उपस्थित सेयरधनीहरूमध्ये संस्थापकतर्फ २३ जना (१०,०२,४९२ कित्ता) आफै स्वयं उपस्थित थिए भने ८७ जना (२५,९१,३७५ कित्ता) प्रोक्सी मार्फत सहभागी भएका थिए ।

    त्यसैगरी, सर्वसाधारण तर्फ १९ जना (४३,८९८ कित्ता) आफै उपस्थित थिए भने ६ जना (२२,२५७ कित्ता) सेयरधनीहरू प्रोक्सी मार्फत साधारण सभामा सहभागी भएका थिए । चालु आर्थिक वर्षको २०८३ वैशाख मसान्तसम्ममा संस्थाले देशका ४५ वटा जिल्लामा १५५ वटा शाखा कार्यालयहरू मार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ ।

    यस सञ्जाल मार्फत संस्थाको पहुँच १ लाख ८३ हजार भन्दा बढी विपन्न परिवारहरूमा पुगेको छ । व्यवसायतर्फ संस्थाले हालसम्म २ अर्ब ९८ करोड रुपैयाँ बचत संकलन गर्न सफल भएको छ भने संस्थाको कुल लगानीमा रहेको कर्जा (लोन पोर्टफोलियो) १० अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट