काठमाण्डाै । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका थिए।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेकी थिइन् ।
तर, सभामुख डोलप्रसाद अर्यालले नमानेर ‘निर्णयार्थ पेस गर्छु’ भनेर संशोधन प्रस्तावहरूमाथि हुन्छ र हुन्न भन्न लगाएर अगाडि बढाए।
त्यसपछि विपक्षी दलका सांसदहरूले बेल घेराउ गरेका थिए।
अर्थ चाैतारी ।