logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • जीडी फर्मास्युटिकल्सले आइपीओ ल्याउने, डाक्यो विशेष साधारणसभा

    जीडी फर्मास्युटिकल्सले आइपीओ ल्याउने, डाक्यो विशेष साधारणसभा

    299
    SHARES
    जीडी फर्मास्युटिकल्सले आइपीओ ल्याउने, डाक्यो विशेष साधारणसभा

    काठमाण्डौ । जीडी फर्मास्युटिकल्सले आइपीओ ल्याउने भएको छ। आइपीओ ल्याउने प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारणसभा पनि आह्वान गरेको छ। कम्पनीको विशेष साधारणसभा आउँदो असार १ गते डाकिएको छ। सभा काठमाडौंस्थित कम्पनीको रजिस्टर्ड कार्यालय बिहान ८ बजेबाट सुरु हुनेछ।



    सोही सभाले कम्पनीको सर्वसाधारणका लागि आइपीओ ल्याउने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको पुँजी वृद्धि गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    सभाले कम्पनीको दायित्व समायोजन गर्न शेयर बिक्री तथा बाँडफाँट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त सुझाव तथा निर्देशन कार्यान्वयन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट