logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • अहिले देशलाई पैसा चाहिएको छ, हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छः प्रधानमन्त्री बालेन

    अहिले देशलाई पैसा चाहिएको छ, हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छः प्रधानमन्त्री बालेन

    663
    SHARES
    अहिले देशलाई पैसा चाहिएको छ, हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छः प्रधानमन्त्री बालेन

    काठमाण्डौ । देशलाई अहिले आत्माविश्वासभन्दा पनि पैसा चाहिएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बताएका छन् । उनले आज प्रतिनिधि सभाको बैठकमा संसदहरुको प्रश्नको जवाफ दिँदै देशमा अहिले पैसा चाहिएको छ त्यसकारण पैसा कसरी बढाउने भन्ने तर्फ ध्यान दिइरहेको बताएका छन् ।



    प्रधानमन्त्री शाहले भने, ‘नेपालबाट निर्यात हुने बस्तुहरुमा लाग्ने करहरु अहिले छुट पाइन्छ । हामी निर्यातमुखी हुनुपर्छ । देशमा उत्पादन भएको चिजहरु विभिन्न राष्ट्रहरुमा हामीले सजिलै पठाउन पाउनुपर्छ, निर्यात बढाउन सक्यो भने मात्रै देशको अर्थतन्त्रले बलियो आधार निर्माण गर्छ । अहिले आत्माविश्वास बढाउनेभन्दा पनि देशमा पैसा बढाउनेतिर ध्यान दिएका छौं ।’

    त्यस्तै, उनले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको बताए । यसबारेमा आफूले पनि प्रधानमन्त्री बनेपछि मात्रै जानकारी पाएको र यसबारे नेपाल र भारतबीच वार्तामार्फत समस्या समाधान गरिने बताए ।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट