logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • बालेनको भनाइपछि सुस्तामा भारतीय सुरक्षाकर्मी, नेपालतर्फका सु्रक्षाकर्मीलाई तटबन्ध बनाउन राे

    बालेनको भनाइपछि सुस्तामा भारतीय सुरक्षाकर्मी, नेपालतर्फका सु्रक्षाकर्मीलाई तटबन्ध बनाउन राे

    325
    SHARES
    बालेनको भनाइपछि सुस्तामा भारतीय सुरक्षाकर्मी, नेपालतर्फका सु्रक्षाकर्मीलाई तटबन्ध बनाउन राे

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ । आइतबार साँझ सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा निर्माण भइरहेको बाँध रोक्न एसएसबीको टोलीले भौतिक रूपमै उपस्थित भएर अवरोध सिर्जना गरेको हो । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘भारतले नेपालको जग्गा मात्रै हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ,’ भन्ने अभिव्यक्ति दिएपछि एसएसबीको टोलीले अवरोध सिर्जना गरेको स्थानीको आरोप छ ।



    नारायणी नदीको तीव्र कटान र डुबानबाट बस्ती जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ करोड रुपैयाँ लगानीमा यो तटबन्ध निर्माण भइरहेको थियो । करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरूले उक्त क्षेत्रलाई ‘विवादित’ भन्दै काम रोक्न दबाब दिएका हुन् ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार ४० देखि ५० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थलमा खटिएका इन्जिनियर र कामदारहरूलाई काम नगर्न चेतावनी दिएका थिए ।

    सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार, अहिले यो महत्त्वपूर्ण योजनाको काम भइरहेको थियो । उनले पछिल्लो समय केन्द्रमा देखिएको राजनीतिक वाकयुद्ध र विवादास्पद अभिव्यक्तिको ‘साइड इफेक्ट’ सुस्तामा देखिएको दाबी गरेका छन् । भारतीय पक्षले नेपाली भूमिमै आएर विकास निर्माणमा अवरोध गरेपछि स्थानीय आक्रोशित बनेका छन् ।

    जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले कूटनीतिक पहल सुरु गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक नेपालले नयाँ ठेक्काअन्तर्गतको काम सुरु गर्दा भारतीय पक्षले अवरोध गरेको जानकारी आएको बताए । उनले यसबारे गृह मन्त्रालयलाई ब्रिफिङ गरिसकिएको र सोमबार भारतीय समकक्षी (डीएम) सँग छलफल गर्ने तयारी भइरहेको बताए ।

    घटनापछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको टोली पुगेको थियो । एसपी गोविन्द खातीले भने यो ‘नियमित संयुक्त अनुगमन’भएको दाबी गरेका छन् । सुस्ता बचाउ अभियानका अगुवाहरूले भने नेपाल सरकारको फितलो अडानका कारण भारतीय पक्षले बारम्बार हेप्ने गरेको गुनासो गरेका छन् । सुस्ताको भू-भाग निरन्तर खुम्चिँदै गएको स्थानीय बताउँछन् । २०३० सालअघि ७५ हजार हेक्टरभन्दा बढी क्षेत्रफल रहेको सुस्तामा अहिले मुस्किलले ७ हजार हेक्टर जमिन मात्र नेपालको नियन्त्रणमा छ ।

    सीमास्तम्भको अभाव र नारायणी नदीले धार परिवर्तन गरिरहने प्राकृतिक समस्याको फाइदा उठाउँदै भारतीय पक्षले सुस्तामा निरन्तर अतिक्रमण र अवरोध गर्दै आएको स्थानीय बताउँछन् ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट