logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • सरकारी बजेटलाई सेयर बजारले रुचाएन, तीन सरकारी कम्पनीले देखाए मिश्रित प्रतिक्रिया

    सरकारी बजेटलाई सेयर बजारले रुचाएन, तीन सरकारी कम्पनीले देखाए मिश्रित प्रतिक्रिया

    377
    SHARES
    सरकारी बजेटलाई सेयर बजारले रुचाएन, तीन सरकारी कम्पनीले देखाए मिश्रित प्रतिक्रिया

    काठमाण्डौ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । साताको पहिलो दिन सोमबार सेयर बजार परिसूचक उल्लेख्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.७५ अङ्कले घटेर २७५३.३४ विन्दुमा बन्द भएको छ । बजार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको परिसूचक दिनभर उतारचढावका बिच अन्ततः नकारात्मक भएर बन्द भएको हो ।



    बजारमा ५ अर्ब ४६ करोड ६३ लाख ३८ हजार ६४७ रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । आज बजारमा कारोबार भएकामध्ये २३४ कम्पनीको मूल्य घट्दा ३२ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको स्थिर रहेको छ। समग्र बजार राताम्मे भए पनि केही विशिष्ट कम्पनीहरूमा भने लगानीकर्ताको उच्च आकर्षण देखियो। नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १०४७.६० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा पनि १४.९९ प्रतिशत को बढोत्तरी देखिएको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी ३९ करोड ३३ लाख ५० हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो।

    यस्तै, हिमालयन रि–इन्स्योरेन्स, रिडी पावर र नेशनल हाइड्रो पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् । बजारमा आज निर्जीवन बीमा कम्पनी र अन्य समूह बाहेक सबैमा सूचक घटेका छन् ।सरकारले बजेटमा ल्याएको व्यवस्थाका कारण सरकारी स्वामित्व रहेका नेपाल पुनर्बीमा कम्पनीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपालमा हुने सबै प्रकारका बीमाको कम्तीमा १० प्रतिशत उक्त कम्पनीमै पुनर्बीमा गर्नुपर्ने घोषणाले बढाएको हो।

    तर, अन्य दुई कम्पनीहरू विशाल बजार र नेपाल टेलिकमको सेयर मूल्य भने घटेका छन् । सरकारले टेलिकमको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने तथा विशाल बजारमा समेत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने निर्णय गरेका कारण यस्तो प्रभाव देखिएको हो।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट