logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियान सम्पन्न

    इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियान सम्पन्न

    247
    SHARES
    इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियान सम्पन्न

    काठमाण्डौ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाण्डौका विभिन्न प्रमुख स्थानहरूमा सञ्चालन गरेको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाण्डौको दैनिक जीवनमा प्रचलित रैथाने मोलमोलाइ (बार्गेनिङ) संस्कृतिलाई युवापुस्ता र डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले यो अन्तरक्रियात्मक अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।



    चार दिनसम्म चलेको उक्त अभियानमा काठमाण्डौका करिब २ हजार ४ सय सर्वसाधारण प्रत्यक्ष रूपमा सहभागी भएका थिए । इनड्राइभले बागबजार, जनबहाल, पिमबहाल र ठमेलजस्ता व्यस्त क्षेत्रमा विशेष ब्रान्डेड मःम स्टलहरू स्थापना गरेर उपभोक्तासँग अन्तर्क्रिया गरेको थियो । अभियानअन्तर्गत ह्वील स्पिन र मोलमोलाइ चुनौतीजस्ता बार्गेनिङ थिममा आधारित मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएका थिए, जसमा सफल हुने सहभागीहरूलाई निःशुल्क मःम तथा इनड्राइभका ब्रान्डेड उपहारहरू वितरण गरिएको थियो ।

    यस अभियानमार्फत कम्पनीले काठमाण्डौका शहरी युवा तथा विद्यार्थीमाझ इनड्राइभ एपको मुख्य विशेषता— यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकले त्यसलाई स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव (काउन्टर अफर) गर्न सक्ने डिजिटल बार्गेनिङको सुविधाइबारे जनचेतना जगाएको थियो । दुवै पक्षबीचको आपसी सहमतिमा अन्तिम भाडा निर्धारण हुने यो प्रणालीले यात्रामा पारदर्शिता, लचकता र रोजाइको स्वतन्त्रता प्रदान गर्ने सन्देश प्रवाह गरेको कम्पनीको दाबी छ ।

    इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले काठमाण्डौको परम्परागत बजार र यातायात क्षेत्रमा मोलमोलाइ गर्ने चलन गहिरोसँग स्थापित रहेकाले यसैलाई रमाइलो ढंगले प्रस्तुत गरिएको बताउनुभयो । यो अभियानबाट काठमाण्डौका युवा यात्रुहरूले दैनिक यात्रामा थप विकल्प र पारदर्शिताको अवधारणालाई सकारात्मक रूपमा ग्रहण गरेको तथा चालकहरूले पनि आफूअनुकूल भाडा छनोट गर्न पाउने निष्पक्ष अवसरबारे राम्रो बुझाइ विकास गरेको उहाँको भनाइ थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट