logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • फोनपे नेटवर्कमा एकीकृत भयो युनियनपे इन्टरनेशनल, यी देशबाट नेपाल आउने प्रयोगकर्तालाई पैसा तिर्न सजिलो

    फोनपे नेटवर्कमा एकीकृत भयो युनियनपे इन्टरनेशनल, यी देशबाट नेपाल आउने प्रयोगकर्तालाई पैसा तिर्न सजिलो

    91
    SHARES
    फोनपे नेटवर्कमा एकीकृत भयो युनियनपे इन्टरनेशनल, यी देशबाट नेपाल आउने प्रयोगकर्तालाई पैसा तिर्न सजिलो

    काठमाण्डौ । नेपालको पेमेन्ट सिस्टम अपरेटर फोनपेलेे आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ। यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ। यस एकीकरणसँगै चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिंगापुरलगायत विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा सहज रूपमा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन्।



    यस सहकार्यको औपचारिक घोषणा काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो, जहाँ नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेशनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थाहरू, व्यवसायिक समुदाय तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनलको एकीकरण महत्वपूर्ण उपलब्धि भएको बताए।

    ‘युनियनपे विश्वकै सबैभन्दा ठूलो कार्ड तथा पेमेन्ट नेटवर्कमध्ये एक हो र यसको प्रयोगकर्ताहरूले अब सिधै हाम्रो क्यूआर पूर्वाधारमार्फत कारोबार गर्न सक्नु नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्यको रूपमा स्थापित गर्ने कदम हो’, उनले भने, ‘यो केवल दुई संस्थाबीचको सहकार्य मात्र नभई नेपालको डिजिटल कनेक्टिभिटी विश्वस्तरमा विस्तार भइरहेको सन्देश पनि हो।’ युनियनपे इन्टरनेशनलका उपाध्यक्ष झुआङ बेईले युनियनपे इन्टरनेशनल विश्वभरका आफ्ना कार्डधारक तथा एप प्रयोगकर्ताहरूका लागि यात्रा र व्यापारलाई सहज बनाउने प्रतिबद्धतामा केन्द्रित रहेको उल्लेख गरे।

    ‘सशक्त पर्यटन अर्थतन्त्र र दक्षिण एसियाकै विकसित क्यूआर मर्चेन्ट नेटवर्कमध्ये एक भएको नेपाल हाम्रो इकोसिस्टमका लागि उत्कृष्ट अवसर हो’, उनले भने, ‘फोनपेसँगको सहकार्यमार्फत युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी मर्चेन्ट टचपोइन्टहरूमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्। नेपालको डिजिटल पेमेन्ट विकास यात्राको हिस्सा बन्न पाउँदा हामी गौरवान्वित छौँ।’

    यसले नेपालको पर्यटन अर्थतन्त्रका लागि गेम चेन्जर हुने दाबी गरिएको छ। नेपालले सन् २०२५ मा ११.५ लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गरेको थियो। यसमा चीनको मुख्यभूमि, हङकङ तथा एसियाका अन्य युनियनपे-प्रमुख बजारहरूबाट आउने पर्यटकहरूको उल्लेख्य हिस्सा रहेको थियो। यसअघि यी पर्यटकहरूले आफ्ना प्राथमिक डिजिटल भुक्तानी माध्यमहरू सीमित रूपमा मात्र उपलब्ध भएकाले नगदमा बढी निर्भर रहनुपर्थ्यो। अब यो एकीकरणसँगै उक्त समस्या पूर्ण रूपमा समाधान भएको छ।

    फोनपे क्यूआर मार्फत डिजिटल भुक्तानी स्वीकार गर्ने सबै मर्चेन्टहरूले अब अन्तर्राष्ट्रिय ग्राहकहरूबाट युनियनपे एप प्रयोग गरी सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्। यस सहकार्यले मर्चेन्टहरूको आम्दानी सम्भावना बढाउनुका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग हुने कारोबारमा देखिने अवरोध कम गर्ने अपेक्षा गरिएको छ।

    युनियनपेसँगको यो सहकार्यले फोनपेलाई नेपालको सबैभन्दा अन्तर्राष्ट्रिय रूपमा जोडिएको पेमेन्ट नेटवर्कको रूपमा अझ मजबुत बनाएको छ। फोनपेले हाल अलिपे प्लस, भारतको यूपीआईलगायत दक्षिण एसिया तथा आसियन क्षेत्रका विभिन्न नेटवर्कहरूसँग सहकार्य गर्दै १३ भन्दा बढी देशका वालेट तथा पेमेन्ट प्रणालीहरूसँग आफ्नो पहुँच विस्तार गरिसकेको छ।

    फोनपेले सीमा-पार भुक्तानी अन्तरसञ्चालन सम्भव बनाउन आवश्यक नियामकीय संरचना निर्माणमा सहयोग पुर्याएकोमा नेपाल राष्ट्र बैंकप्रति आभार व्यक्त गरेको छ। साथै नेपाल पर्यटन बोर्ड तथा डिजिटल भुक्तानीको पहुँच विस्तारमा सहकार्य गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू प्रति पनि कृतज्ञता प्रकट गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट