logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • नेपालमा बढे पर्यटक, मे महिनामा मात्रै भित्रिए १ लाख २ हजार पर्यटक

    नेपालमा बढे पर्यटक, मे महिनामा मात्रै भित्रिए १ लाख २ हजार पर्यटक

    481
    SHARES
    नेपालमा बढे पर्यटक, मे महिनामा मात्रै भित्रिए १ लाख २ हजार पर्यटक

    काठमाण्डौ । पछिल्लो एक महिनामा नेपालमा १ लाख २ हजार भन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२६ को मे महिनामा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक वृद्धि देखिएको हो ।



    मे महिना कुल १ लाख २ हजार ६ सय २६ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष सन् २०२५ को मे महिनाको तुलनामा १९ प्रतिशतले बढी हो । यो पर्यटन आगमन दर कोभिड–१९ पूर्वको सामान्य वर्ष सन् २०१९ को सोही महिनाको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को मे महिनामा ७८ हजार ३ सय २९ पर्यटक आएकोमा अहिलेको तथ्याङ्कले १३१ प्रतिशतको ‘रिकभरी’ दर देखाएको छ ।

    भारतबाट धेरै

    पर्यटक आगमनको स्रोत देशहरूलाई हेर्दा छिमेकी मुलुक भारतको हिस्सा सबैभन्दा ठुलो छ । मे महिनामा भारतबाट मात्रै ४० हजार ७ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको झन्डै ४० प्रतिशत हो।

    भारतपछि दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट ११ हजार ५ सय १४ जना पर्यटक आएका छन् भने तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका ९ हजार १ पर्यटकका साथ उभिएको छ । यसैगरी दक्षिण एसियाली मुलुक बङ्गलादेशबाट ५ हजार २ सय ९८ पर्यटक आएका छन् । अन्य प्रमुख स्रोत बजारहरूमा संयुक्त अधिराज्य (३,३७५), अष्ट्रेलिया (२,८७०), मलेसिया (२,८५७), जापान (१,७५६), रुस (१,५५०) र जर्मनी (१,५४८) रहेका छन् ।

    क्षेत्रीय वितरणको आधारमा दक्षिण एसियाली (सार्क) क्षेत्र नेपालको पर्यटनका लागि मेरुदण्ड सावित भएको छ । कुल पर्यटकमध्ये ४७.२ प्रतिशत अर्थात् ४८ हजार ४ सय ६१ जना सार्क मुलुकहरूबाट आएका छन् । सार्क क्षेत्रपछिको ठुलो हिस्सा एसियाका अन्य मुलुकहरूको रहेको छ । जहाँबाट १९.९ प्रतिशत (२०,४६२ जना) पर्यटक आएका छन् ।

    युरोपेली मुलुकहरूबाट १३.१ प्रतिशत (१३,४४० जना) र अमेरिका महादेशबाट १०.३ प्रतिशत (१०,६१८ जना) पर्यटकले नेपाल भ्रमण गरेका छन्। यसबाहेक ओसेनियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटकको आगमन भएको छ। गत वर्षको तुलनामा सार्क क्षेत्रबाट हुने आगमनमा ३३.५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ।

    709587235_2025572648385779_1898016157653768076_n

    713723156_3028771334123114_6158855971536923604_n


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट