logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • ३३ जना एसएसपीको सरुवा, काठमाण्डौमा दिलिप घिमिरे (सूचीसहित)

    ३३ जना एसएसपीको सरुवा, काठमाण्डौमा दिलिप घिमिरे (सूचीसहित)

    299
    SHARES
    ३३ जना एसएसपीको सरुवा, काठमाण्डौमा दिलिप घिमिरे (सूचीसहित)

    काठमाण्डौ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।



    सरुवा सूची अनुसार काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौमा दिलिप घिमिरेलाई ल्याइएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।

    काठमाण्डौका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।

    ललितपुर परिसरमा तुल बहादुर कार्कीलाई ल्याइएको छ । ललितपुरमा कार्यरत होबिन्द्र बोगटीको प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवास चन्द्र बोहरालाई पठाइएको छ ।

    1

    2

    3

    4

    5


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट