logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • दराज दसैँ धमाका घोषणा : १० हजार सम्मको भउचरदेखि स्कुटरसम्म उपहार

    दराज दसैँ धमाका घोषणा : १० हजार सम्मको भउचरदेखि स्कुटरसम्म उपहार

    1.8K
    SHARES
    दराज दसैँ धमाका घोषणा : १० हजार सम्मको भउचरदेखि स्कुटरसम्म उपहार

    काठमाण्डौ । अनलाइन बजार दराजले आफ्नो वार्षिक दसैँ धमाका अभियानको घोषणा गरेको छ। यो अभियान सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अझै ठुलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, रु.२५०० सम्मको प्रीपेमेन्ट छुट, रु.१०,००० सम्मको मेगा भउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ।



    कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु.२०००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम रु.२५००) सम्मको छुट पाउन सक्नेछन्। यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम रु. १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन्।

    विगतमा जस्तै यसपटक पनि १ रुपैयाँको गेम पनि फिचर गर्दैछ । जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन् : अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि यति एयरलाइन्सको वान वे टिकट र मोटो जी २२ मा सहभागी हुनका लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नुपर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु १ फिर्ता गरिनेछ।

    दराज दसैँ धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका थप हाइलाइटहरूमा शेक शेक भउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उसले जित्यो, सेलको झट्का र स्टोर वाइड अफर समावेश छन्।


    अर्थ चाैतारी
  • विहिबार, ३० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट