logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • सिद्धार्थ बैंकद्वारा विद्यालयको भवन हस्तान्तरण

    सिद्धार्थ बैंकद्वारा विद्यालयको भवन हस्तान्तरण

    247
    SHARES
    सिद्धार्थ बैंकद्वारा विद्यालयको भवन हस्तान्तरण

    काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ। सुलभ पहुँचयुक्त शौचालयसहित उक्त भवन विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।



    वि.सं. २०८० कात्तिक १७ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले विद्यालयका प्रधानाध्यापक हंस बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

    विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ्ग अधिकृत सुरेश राज महर्जन, कर्पोरेट बैंकिङ्ग प्रमुख प्रशन्न खड्का, लघु साना तथा मझौला उद्यम बैंकिङ्ग प्रमुख प्रदिप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सानीभेरी गाउँपालिका वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खड्का, शिक्षकवर्ग, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षामार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतिक भएको बताए।

    विद्यालय केवल शैक्षिक पठनपाठनको स्थान मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि हो। आजको बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन्, त्यसैले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला हुने विश्वासका साथ बैंकले भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो।

    उक्त नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण- सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास बैंकले लिएको छ ।

    बैंकले दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुऱ्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट