logo

२०८३ जेष्ठ २१, विहिबार

logo
  • २०८३ जेष्ठ २१, विहिबार
  • कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित

    कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित

    481
    SHARES
    कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित

    काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्ने भएपछि बस्दै नबसी स्थगित गरिएको छ । समिति सभापति भरतबहादुर खड्काले कोरम नपुग्ने अवस्था देखिएपछि बैठक बस्दै नबसी स्थगित गरेको जानकारी दिए ।



    ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने र सदनमा पनि केही परिस्थिति सृजना भएकाले कोरम पुग्ने अवस्था देखिएन । त्यही भएर बस्दै नबसी स्थगित गर्‍यौँ,’ सभापति खड्काले रातोपाटीसँग भने, ‘अर्का सूचना नभएसम्मका लागि भन्दै स्थगित गरेको छु । सदन २५ गतेका लागि बोलाइएको छ । २६ या २७ गतेतिर बोलाउने तयारी छ । तोकिएको छैन ।’

    बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषय र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल गर्ने विषयवस्तु तय गरिएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट