काठमाण्डौ । सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको सशस्त्रका प्रवक्ता (डीआईजी) विष्णुप्रसाद भट्टले रातोपाटीलाई बताए । उनका अनुसार समितिलाई ‘यथाशीघ्र’ छानबिन सकेर प्रतिवेदन बुझाउन भनिएको छ ।
बुधवार राति ८ बजेतिर सशस्त्रको प्रधान कार्यालय स्थित एमटी शाखामा आगलागी भएको थियो । बङ्गलामुखी गणबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट केही गाडीहरू जलेका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय र सतुंगल स्थित स्टोरमा यसअघि पनि आगलागी भएको थियो ।
अर्थ चाैतारी ।