logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने

    चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने

    416
    SHARES
    चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने

    काठमाण्डौ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको स्यालापाखा–मुसिकोट सडक खण्ड १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले एक सूचना जारी गर्दै सडक मर्मत तथा ढलान कार्यका लागि यातायात आवगमन बन्द गरिएको जानकारी दिएको छ।



    सडक डिभिजनका अनुसार, चौरजहारी नगरपालिका – ३ को टाटागाउँ स्यालखोलादेखि मटेलातर्फ जोड्ने सडकमा ढलान कार्य गर्नुपर्ने भएकाले मिति २०८३ जेठ २५ गतेदेखि असार १० गतेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।

    सडक बन्द रहेको अवधिमा यात्रा गर्ने यात्रु तथा सवारी साधनहरूका लागि चौरजहारी–कुदु–जाजरकोट झोलुङ्गे पुल हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

    सडक ढलान कार्य भएपछि त्यसलाई सेट हुन समय लाग्ने हुनाले सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरिएको छ । सूचनाको उल्लङ्घन गरी जबरजस्ती सवारी साधन चलाएर निर्माणाधीन ढलान सडकमा क्षति पुर्‍याएमा, क्षति पुर्‍याउने व्यक्ति स्वयं जिम्मेवार हुने र प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट