logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • निश्चित ब्याचबाहेक ‘करेन्ट’ चाउचाउका अन्य उत्पादन खानयोग्य : यशोधा फुड्स

    निश्चित ब्याचबाहेक ‘करेन्ट’ चाउचाउका अन्य उत्पादन खानयोग्य : यशोधा फुड्स

    338
    SHARES
    निश्चित ब्याचबाहेक ‘करेन्ट’ चाउचाउका अन्य उत्पादन खानयोग्य : यशोधा फुड्स

    काठमाण्डौ । यशोदा फुड्स प्रालिले आफ्नो उत्पादन ‘करेन्ट हट एण्ड स्पाईसी’ चाउचाउको एक निश्चित ब्याचबाहेक अन्य सम्पूर्ण उत्पादनहरू उपभोगका लागि पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।



    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सूचनालाई मध्यनजर गर्दै कम्पनीले उक्त ब्याचबाहेक बजारमा उपलब्ध अन्य सबै उत्पादनहरू निर्धक्क भई उपभोग तथा बिक्री वितरण गर्न उपभोक्ता एवं विक्रेताहरूलाई अनुरोध गरेको हो ।

    कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३ र ब्याच नं. ०४ए भएको १०० ग्रामको करेन्ट हट एण्ड स्पाईसी चाउचाउमा मात्र प्राविधिक प्रश्न उठेको हो । उक्त विशेष मिति र ब्याचबाहेक अन्य जुनसुकै मितिमा उत्पादित तथा फरक ब्याचका सम्पूर्ण चाउचाउहरू गुणस्तरीय र खानयोग्य रहेकाले बजारमा कुनै पनि भ्रममा नपर्न कम्पनीले ध्यानाकर्षण गराएको छ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, मधवलियामा मुख्य उद्योग रहेको यशोदा फुड्सले उपभोक्ताको स्वास्थ्य र गुणस्तरप्रति आफूहरू सदैव प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले आफ्ना ग्राहक तथा व्यावसायिक साझेदारहरूलाई ढुक्क भई उत्पादनको प्रयोग तथा बिक्री वितरण सुचारु राख्न समेत अपिल गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट