logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • २५ हजारभन्दा बढीको नगद भुक्तानीलाई आयकर प्रयोजनमा खर्च नमानिने

    २५ हजारभन्दा बढीको नगद भुक्तानीलाई आयकर प्रयोजनमा खर्च नमानिने

    715
    SHARES
    २५ हजारभन्दा बढीको नगद भुक्तानीलाई आयकर प्रयोजनमा खर्च नमानिने

    काठमाण्डौ । २५ हजार रुपैयाँ भन्दा बढीको नगद कारोबारमा करयोग्य आयमा खर्च कट्टी गर्न नपाउने भएको छ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐनमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।



    ‘कुनै आय वर्षमा २० लाख रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने व्यक्तिले सो आय वर्षमा एक पटकमा २५ रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउने छैन,’ सरकारले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा २१ को उपदफा २ मा संशोधन गर्दै भनेको छ ।

    ५० हजार रुपैयाँभदा बढीको नगद भुक्तानी गर्दा त्यसलाई कर कट्टी गर्न नपाउन व्यवस्था रहेकोमा त्यसलाई घटाएर २५ हजार रुपैयाँ बनाएको हो । यससँगै अब २५ हजार रुपैयाँभन्दा माथिको हरेक कारोबार बैंकिङ प्रणालीबाट हुनुपर्ने भएको छ ।

    यस्तै सरकारले सेयर वा ऋणपत्र निष्कासन गर्दा लागेको खर्चलाई खर्च लेखांकन गरी करकट्टी गर्न पाउने भएको छन् । पूँजीगत प्रकृतिको खर्चमा कर कट्टी गर्न नपाउने व्यवस्था थियो ।

    सरकारले आर्थिक विधेयक मार्फत आयकर ऐनमा संशोधन गर्दै सेयर वा ऋणपत्र निष्कासन गर्दा लागेको खर्च बाहेकको पूँजीगत प्रकृतिको खर्चलाई कर कट्टी गर्न नपाउने व्यवस्था गरेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट