logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • भुजुङ्ग हाइड्रोको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

    भुजुङ्ग हाइड्रोको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

    442
    SHARES
    भुजुङ्ग हाइड्रोको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

    काठमाण्डौ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीका प्रतिनिधिहरू चयन गर्दै नयाँ सञ्चालक समिति गठन गरेको छ ।



    संस्थापक सेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी र सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

    यसैगरी, साधारण सभाले स्वतन्त्र सञ्चालकमा रीता गौतमलाई मनोनयन गरेको छ । सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरू प्रस्तुत गरी छलफलपछि पारित गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा सेयरधनीहरूबीच कम्पनीको भावी रणनीति र विकासका विषयमा समेत सकारात्मक अन्तरक्रिया भएको थियो । नवनिर्वाचित सञ्चालकहरूलाई कम्पनीले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट