logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • एथर नेपालको नयाँ रेकर्ड: एकै दिन २०८ वटा विद्युतीय स्कुटर हस्तान्तरण

    एथर नेपालको नयाँ रेकर्ड: एकै दिन २०८ वटा विद्युतीय स्कुटर हस्तान्तरण

    403
    SHARES
    एथर नेपालको नयाँ रेकर्ड: एकै दिन २०८ वटा विद्युतीय स्कुटर हस्तान्तरण

    काठमाण्डौ । वैद्य इनर्जी प्रा. लि. द्वारा नेपालका लागि आधिकारिक बिक्रेताका रूपमा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा एथर (Ather) विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।



    काठमाडौँमा आयोजित एक विशेष मेगा डेलिभरी कार्यक्रममार्फत कम्पनीले यति ठुलो परिमाणमा प्रिमियम ई-स्कुटरहरू ग्राहकलाई बुझाउँदै नेपालको विद्युतीय सवारीसाधन (EV) क्षेत्रमा उल्लेखनीय माइलस्टोन राखेको हो ।

    यो विशेष मेगा डेलिभरीले नेपाली ग्राहकहरू माझ एथर ब्रान्डप्रति बढ्दो अकाट्य विश्वास, यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ। देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई एक उत्सवका रूपमा मनाएका थिए ।

    कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रा. लि.का प्रतिनिधिहरूले एथरप्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए। कम्पनीका अनुसार एथरका स्कुटरहरूमा प्रयोग भएको अत्याधुनिक ब्याट्री म्यानेजमेन्ट सिस्टम, ड्यासबोर्ड नेभिगेसन र उत्कृष्ट पिकअपका कारण नेपाली बजारमा यसको लोकप्रियाता चुलिएको हो ।

    एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो ऐतिहासिक उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डको रूपमा अझ सशक्त बनाएको छ। साथै, यसले नेपाली उपभोक्तामाझ भरपर्दो, नवप्रवर्तनयुक्त तथा उच्च गुणस्तरका विद्युतीय सवारीसाधनप्रतिको माग तीव्र गतिमा बढिरहेको तथ्यलाई समेत उजागर गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट