logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

    काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

    247
    SHARES
    काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

    काठमाण्डौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।



    दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए । उनका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट