logo

२०८३ जेष्ठ ३१, आइतबार

logo
  • २०८३ जेष्ठ ३१, आइतबार
  • रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर

    रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर

    325
    SHARES
    रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित परिणामहरूलाई बदर गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले उक्त अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान र कार्यविधि विपरीत भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो।



    आयोगका अनुसार जिल्लाका उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको बताएको छ । आयोगले निर्वाचन बदर गर्नुका मुख्य चार वटा आधारहरू सार्वजनिक गरेको छ।

    जिल्ला अधिवेशनका क्रममा भएका कार्यहरू गैर प्रक्रियागत र विधान विपरीत भएकाले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको निष्कर्ष निकालेको छ । कैलालीमा नयाँ प्रक्रियामार्फत पुनः अधिवेशन हुने वा नहुने भन्नेबारे थप जानकारी दिएको छैन । तर निर्वाचन प्रक्रिया बदर हुनुमा आयोगले चार वटा तथ्य अगाडि सारेको छ।

    ‘पाँच वटा निर्वाचन क्षेत्र र १३ वटा पालिकाका सभापति बसेर गरिएको निर्णयका आधारमा अधिवेशन सम्पन्न भएको हो । तर अहिले निर्वाचित समितिलाई मान्यता नदिने गरी निर्वाचन आयोगबाट पत्र आएको छ । यसबारे हामी कानुनी लडाइँ लड्छौँ । सबै निर्वाचन क्षेत्र र पालिकाका पदाधिकारीले संयुक्त रूपमा हस्ताक्षर गरी पत्र पठाउने तयारीमा हामी छौँ’, सचिव मदनराज जोशीले भने ।

    अधिवेशनबाट कवीन्द्र ठकुल्लाको नेतृत्वमा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको थियो।

    720316917_1744363560330335_4784476216931199914_n


    अर्थ चाैतारी
  • आइतबार, ३१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट