logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १०% छुट पाउने

    एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १०% छुट पाउने

    169
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल र जगतपुर लजमा १०% छुट पाउने

    काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी पश्चात बैंकका ग्राहक महानुभावहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।



    समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त लजहरुसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट