logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक

    विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक

    351
    SHARES
    विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक

    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको ‘विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समिति’ले आयोगको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम सार्वजनिक गरेको छ।



    समितिले बुधबार प्रकाशन गरेको सूचना अनुसार यसअघि स्वीकृत मापदण्ड बमोजिम आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरेका र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरी सफल भएका उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिएको हो ।

    जसअनुसार ६ जना उम्मेदवारलाई असार ६ गते दुई फरक समयमा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मन्त्रालयको सचिवको बैठक कक्षमा बोलाइएको छ।

    724169809_2813350102375090_9160894542001098708_n


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट