काठमाण्डौ । काठमाण्डौ स्थित पाकिस्तानी दूतावासले १४औँ वार्षिक ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ (Ambassador of Pakistan Scholarship) समारोह आयोजना गरी २०० भन्दा बढी उत्कृष्ट नेपाली विद्यार्थीहरूलाई सम्मानित गरेको छ। काठमाण्डौको होटेल अलोफ्टमा आयोजित उक्त विशेष समारोहमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै नेपालको शिक्षा र सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नेपालका लागि पाकिस्तानी राजदूत महामहिम अबरार एच हाश्मीको मुख्य आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा देशैभरका उच्च माध्यमिक विद्यालय (प्लस टु) का जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो। छात्रवृत्तिका लागि विद्यार्थीहरूलाई उनीहरूको योग्यता र आवश्यकताका आधारमा सम्बन्धित विद्यालयमार्फत छनोट गरिएको हो।
कायदे आजम मोहम्मद अली जिन्नाको १५०औँ जन्म जयन्तीको अवसरमा ल्यापटप प्रदान
यस वर्ष पाकिस्तानका संस्थापक ‘कायदे आजम’ मोहम्मद अली जिन्नाको १५०औँ जन्म जयन्तीको अवसर पारेर एक विशेष सम्मान समेत प्रदान गरियो। यस वर्षका छात्रवृत्ति विजेताहरूमध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लम्साललाई प्रोत्साहन स्वरूप एक थान ल्यापटप प्रदान गरिएको थियो।



अर्थ चाैतारी ।