काठमाण्डौ । स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासचिव भक्तिराम घिमिरेले असार ४ गते राष्ट्र बैंकलाई सुझाव पेश गरेका हुन् ।
एसोसियसनले सुझावमा गैह्र आवासिय नेपालीहरु तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई दोश्रो बजारमा लगानी गर्न पाउने र सहज रुपमा लाभ फिर्ता लैजान पाउने व्यवस्था गर्ने , बैंक तथा वित्तिय संस्थाहरुले दोश्रो बजार मार्फत धितोपत्रहरु खरीद गर्न मिल्ने तर बिक्री गर्न कम्तीमा छ महिना अगाडि नमिल्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरी सहज प्रवेश र वर्हिगमन गर्न सक्ने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
त्यस्तै एसोसियसनले Core Capital ) को ४० प्रतिशत गणना गरि सिमित गर्नुको सट्टा अन्य कर्जा शीर्षकहरु जस्तैः कृषि कर्जा, विपन्न कर्जा, Real Sector कर्जा, Hydropower कर्जा आदि सरह कुल कर्जा लगानी (Total Debt) को निश्चित प्रतिशतमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
यस्ता छन् एसोसियसनले दिएका सुझाव :
१. बैंक तथा वित्तिय संस्थाहरुले दोश्रो बजार मार्फत धितोपत्रहरु खरीद गर्न मिल्ने तर बिक्री गर्न कम्तीमा छ महिना अगाडि नमिल्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरी सहज प्रवेश र वर्हिगमन गर्न सक्ने व्यवस्था गर्नुपर्ने । यसले गर्दा बैंक तथा वित्तिय संस्थाहरुमा हाल रहेको अधिक तरलतालाई अनुकुलता हेरी दोश्रो बजारमा लगानी गरी बैंक वित्तिय संस्थाहरुलाई बैकल्पिक आम्दानी गर्न सहज हुने तथा बजारमा पनि टेवा पुग्नेछ ।
२. धितोपत्र दलाल कम्पनी मार्फत ग्राहकलाई मार्जिन ट्रेडिङ्ग कर्जा प्रदान गर्ने कार्यविधि स्वीकृत तथा अनुमति समेत लिइसकेका कम्पनीहरुले सेवा सूचारु गर्न नसकेको अवस्थामा मार्जिन कारोवार कर्जालाई एउटा छुट्टै किसिमको प्रोडक्टको रुपमा सिर्जना गरी यस्तो कर्जालाई शेयर धितो कर्जा (Loan Against Share) कर्जाको सीमा भन्दा पृथक राखी सो कर्जालाई व्यवसायिक कर्जाको रुपमा वर्गीकरण गर्नुपर्ने ।
३. बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने शेयर धितो कर्जा वा मार्जिन प्रकृतिको कर्जालाई मूलपूँजी (
Core Capital ) को ४० प्रतिशत गणना गरि सिमित गर्नुको सट्टा अन्य कर्जा शीर्षकहरु जस्तैः कृषि कर्जा, विपन्न कर्जा, Real Sector कर्जा, Hydropower कर्जा आदि सरह कुल कर्जा लगानी (Total Debt) को निश्चित प्रतिशतमा गणना गर्ने व्यवस्था गर्नुपर्ने ।
४. गैह्र आवासिय नेपालीहरु तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई दोश्रो बजारमा लगानी गर्न पाउने र सहज रुपमा लाभ फिर्ता लैजान पाउने व्यवस्था गर्ने ।
५. नेपाल सरकारबाट राष्ट्र बैंक मार्फत जारी हुने विकास ऋणपत्र, बचतपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रहरु अन्य पब्लिक कम्पनी सरह सार्वजनिक निष्काशन तथा नेप्सेमा सुचिकृत गरी सर्बसाधारण नागरिकले समेत सहजै किनबेच गर्न पाउने गरी दोश्रो बजारमा सहज कारोबारको व्यवस्था गरिनुपर्ने ।
६. नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानको क्रममा धितोपत्र सदस्य दलाल कम्पनीको दैनिक कारोवार र राफसाफ तथा फछ्यौट हुने मुल बैंक खाता नै रोक्का राख्ने र अनुसन्धान प्रकृया अगाडी बढाउने गरी पत्राचार गर्ने र बैंकहरुले पटक पटक रोक्का गरिदिने गरेकाले सदस्य दलाल कम्पनीको नियमित कारोवार राफसाफ तथा शेयरको कारोवार गर्ने ग्राहकहरुलाई भुक्तानी गर्न गम्भीर समस्या उत्पन्न भई लाखौं लगानीकर्ताहरु थप समस्यामा पर्ने र यसले गर्दा ग्राहकहरूको लगानीमा अनावश्यक अवरोध सिर्जना हुन गई बजारमा भ्रम, अविश्वास र अस्थिरता उत्पन्न हुने भएकाले “बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली-२०८१” को दफा ६(२) लाई “भुक्तानी सेवा प्रदायक तथा धितोपत्र कारोवार गर्ने संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का हुने छैन ।” हुने गरि संसोधन गरि धितोपत्र सदस्य दलाल व्यवसायीको राफसाफ तथा फछ्यौट खाता रोक्का नहुने व्यवस्था गरिनुपर्ने ।
अर्थ चाैतारी ।