logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ४४ करोड

    नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ४४ करोड

    273
    SHARES
    नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ४४ करोड

    काठमाण्डौ । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ४६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३५३ कम्पनीको ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर निबेच हुँदा ४ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबिबिएल डिबेञ्चरको २८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

    यो दिन बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १४३ कम्पनीको घटेको छ। आज १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोपान फर्मास्युटिकल्सको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    • सोपान फर्मास्युटिकल्सः ३७ करोड ४४ लाख रुपैयाँ
    • एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ५१ लाख रुपैयाँ
    • एनबीबीएल डिबेन्चरः २८ करोड ९१ लाख रुपैयाँ
    • स्वावलम्बन लघुवित्तः २० करोड ३४ लाख रुपैयाँ
    • आँखुखोला जलविद्युतः १७ करोड ३२ लाख रुपैयाँ
    • जीबीआईएल डिबेन्चरः १५ करोड ९५ लाख रुपैयाँ
    • रिलायन्स स्पिनिङ मिल्सः १२ करोड ८४ लाख रुपैयाँ
    • सेन्ट्रल फाइनान्सः १० करोड ७ लाख रुपैयाँ
    • बुंगल हाइड्रोः ९ करोड ४९ लाख रुपैयाँ
    • मञ्जुश्री फाइनान्सः ८ करोड २४ लाख रुपैयाँ


    अर्थ चाैतारी
  • सोमबार, ८ असार २०८३
  • सम्बन्धित समाचार