logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • नेप्सेमा २६ अंकको गिरावट, कारोबार पनि घट्यो

    नेप्सेमा २६ अंकको गिरावट, कारोबार पनि घट्यो

    559
    SHARES
    नेप्सेमा २६ अंकको गिरावट, कारोबार पनि घट्यो

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम भने घटेको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको १८ करोड ९०लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ५ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकार्यधनीले ५ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् । यो दिन २२ कम्पनीको शेयरभाउ बढेको छ भने २३९ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    बजारमा आज ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    आँखुखोला जलविद्युतः ३४ करोड १६ लाख रुपैयाँ
    सोपान फर्मास्युटिकल्सः १८ करोड ९० लाख रुपैयाँ
    रिलायन्स स्पिनिङ मिल्सः १७ करोड २४ लाख रुपैयाँ
    एनआरएन इन्फ्रास्ट्रक्चरः १७ करोड २३ लाख रुपैयाँ
    बुंगल हाइड्रोः १३ करोड १२ लाख रुपैयाँ
    शिवम सिमेन्टः ११ करोड ८ लाख रुपैयाँ
    एनआईसी एसिया डिबेन्चरः १० करोड ३४ लाख रुपैयाँ
    नेसनल हाइड्रोपावरः ८ करोड ४० लाख रुपैयाँ
    सहास ऊर्जाः ८ करोड २१ लाख रुपैयाँ
    रिडी पावरः ७ करोड ९ लाख रुपैयाँ

     


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट