काठमाण्डौ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहले नागरिकलाई ट्राफिक नियम लगाएजस्तै राज्यलाई पनि जिम्मेवार बनाउन कानुन बनाउन माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले २४ घण्टासम्म सडकको खाल्डो नपुरिए राज्यले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्थाको गरिनुपर्ने बताएका हुन्।
नागरिकलाई मात्र कानुनको दायरामा ल्याएर नपुग्ने भन्दै उनले राज्यका निकायलाई पनि समान रुपमा जिम्मेवार बनाउन कानुन आवश्यक रहेको विचार राखे।
ट्राफिक बत्ती बिग्रिएर समयमा मर्मत नगरिए एक लाख रुपैयाँ, ट्राफिक प्रहरीसँग रुखो व्यवहार गरे ५० हजार रुपैयाँ तथा राति सडकबत्ती नबले ५० हजार रुपैयाँ सरकारी निकायले तिर्नुपर्ने कानुन बनाउन उनले प्रस्ताव गरेका छन्।
‘राज्य र कानुन जनतालाई मात्र दण्ड दिने माध्यम होइन, जनता र सरकार दुवैलाई समान रुपमा जिम्मेवार बनाउने कानुन चाहिन्छ। सम्बन्धित निकाय उत्तरदायी हुने कानुन ल्याइयो भने संसदबाट पारित गर्न हामी तयार छौँ।’
अर्थ चाैतारी ।