logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • आवश्यक कागजात बुझाई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन ट्रष्ट माइक्रोको आग्रह

    आवश्यक कागजात बुझाई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन ट्रष्ट माइक्रोको आग्रह

    273
    SHARES
    आवश्यक कागजात बुझाई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन ट्रष्ट माइक्रोको आग्रह

    काठमाण्डौ । ट्रष्ट माइक्रो इन्स्योरेन्सले बीमा दाबीको लागि बीमितहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीमा बीमितहरुबाट निवेदन प्राप्त भई हालसम्म मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको र सम्पर्कमा नआएका बीमितहरुलाई सम्पर्कमा आई दाबी प्रक्रिया अगाडी बढाउन आग्रह गरेको हो ।



    कम्पनीमार्फत खरिद भएका बीमालेख बमोजिमनै बि.सं. २०८२ साल साउन १ गतेदेखि २०८३ साल जेष्ठ १५ गतेसम्म यस कम्पनीमा परेका बीमा दाबी निवेदन तथा बीमा दाबी सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हाल सम्म दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको, तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नभएका दाबीहरुका सम्बन्धमा प्रथम पटक प्रकाशित सूचनाको मितिले २१ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा कम्पनीबाट खटाईएका सर्भेयरहरुलाई सम्पर्क गरी आवश्यक कागजात बुझाई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन आग्रह गरेको छ ।

    कम्पनीले तोकेको आवश्यक सम्पूर्ण कागजात कम्पनीमा प्राप्त नभएमा वा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाईल बन्द गरिने समेत कम्पनीले बताएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट