logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

    ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

    234
    SHARES
    ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

    काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।



    समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

    समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट