logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • काठमाण्डौ महानगरद्वारा ‘नमस्ते सेवा अभियान’ सुरु

    काठमाण्डौ महानगरद्वारा ‘नमस्ते सेवा अभियान’ सुरु

    221
    SHARES
    काठमाण्डौ महानगरद्वारा  ‘नमस्ते सेवा अभियान’ सुरु

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ। आजदेखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतजना कार्यक्रम ‘नमस्ते सेवा अभियान’ को शुभारम्भ गर्दै कामपाको प्रमुख सुनिता डङ्गोलले महानगर प्रहरी बललाई नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानुन कार्यान्वयनमा कडा बन्न निर्देशनसमेत दिए।



    ‘रुखो बोलेर कानुन कार्यान्वयन हुने होइन। जिम्मेवारीप्रतिको इमान्दारिताले सहरी व्यवस्थापनका लागि तोकिएका व्यवस्था कार्यान्वयन हुन्छन्’, कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्नोस्। दायित्वलाई सेवामूलक, जनउत्तरदायी, सवल, सक्षम र गुणस्तरीय रूपमा सञ्चालन गर्नु महानगर प्रहरी बलको योग्यता हो। आफ्नो योग्यतालाई नागरिक सेवामा समर्पण गर्नोस्।’

    जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महानगर प्रहरी बलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको धारणा राखे।

    कामपा प्रहरी बलले ट्राफिक व्यवस्थापन, फोहर अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद् व्यवस्थापन, सम्पदा व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेको छ। कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले भने, ‘यस अभियानबाट नागरिक र प्रहरीको सम्बन्धलाई नजिक र बलियो बनाउन चाहेका छौँ। अभियानका क्रममा नागरिकलाई उहाँहरूको दायित्वका विषयमा बुझाउनेछौँ।’

    ‘परिवर्तित सन्दर्भमा नागरिक र प्रहरीबीचको सम्बन्धका विषयमा नयाँ कार्यक्रम थालनी जरुरी थियो। कामपा प्रहरी बलले यसको प्रारम्भ गरेको छ। यो सकारात्मक कुरा हो’, कार्यक्रममा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले प्रतिक्रिया दिए।

    कामपाको चलअचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधारलगायत क्षेत्रमा महानगर प्रहरी बलले काम गरिरहेको छ। रासस


    अर्थ चाैतारी
  • मंगलबार, १६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट