logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

    प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

    13
    SHARES
    प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

    काठमाण्डौ । प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।



    यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

    यस ऋणपत्रमा छिटोमा असार १९ गतेसम्म र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३ गते अनुमति दिएको हो । वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको नै रहेको छ । ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट