logo

२०८३ असार २५, विहिबार

logo
  • २०८३ असार २५, विहिबार
  • बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    286
    SHARES
    बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    काठमाण्डौ । ठुला भुक्तानीमा प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली बिदाको दिनमा समेत सञ्चालन हुने भएको छ ।



    आर्थिक वर्षको अन्तिम समयमा हुने कारोबार तथा भुक्तानी चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको अन्तिम साताको सार्वजनिक बिदामा यो प्रणालीलाई खुला नै राख्न लागेको हो ।

    राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र २८ गते आइतबारका दिन यो प्रणाली यथावत् सञ्चालन गर्ने जनाएको छ ।

    सबैजसो बैंक तथा वित्तीय संस्था आबद्ध रहेको यो प्रणाली राष्ट्र बैंकले नै सञ्चालन गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट