logo

२०८३ असार २५, विहिबार

logo
  • २०८३ असार २५, विहिबार
  • राहदानी विभाग अगाडि युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए

    राहदानी विभाग अगाडि युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए

    403
    SHARES
    राहदानी विभाग अगाडि युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए

    काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।



    प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

    घटनालगत्तै प्रहरीले उनको उद्धार गरी काठमाण्डौको महाबौद्धस्थित वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक जानकारीअनुसार उनी हल्का बोल्न सक्ने अवस्था भए पनि अवस्था गम्भीर रहेको छ । शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।

    घटनाको कारण खुल्न बाँकी नै छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट