logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

    भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

    169
    SHARES
    भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

    काठमाण्डौ । नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । नुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा व्यवसायी संस्थालाई विभागले कारबाही गरेको हो ।



    १५९ वटा म्यानपावर कम्पनीले विभागको नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाएको पाइएपछि विभागले कारबाही गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ अनुसार १५९ कम्पनीलाई पहिलो पटक सचेत गराएको हो ।

    विभागले २०८२ चैत १ गतेदेखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण माग गरेकोमा विवरण उपलब्ध नगाउने ४३४ म्यानपावर कम्पनीलाई पनि सचेत गराएको छ ।

    विभागका अनुसार हाल १ हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण बुझाएका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट