logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • बेलो ब्लस स्टुडियो काठमाण्डौमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

    बेलो ब्लस स्टुडियो काठमाण्डौमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

    247
    SHARES
    बेलो ब्लस स्टुडियो काठमाण्डौमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

    काठमाण्डौ । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाण्डौमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको छ। नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवद्र्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। पोखराको लेकसाइड र न्युरोडमा सफल स्टुडियो सञ्चालनपछि बेलो ब्लसले आफ्नो यात्रालाई राष्ट्रिय स्तरमा विस्तार गरेको हो।



    काठमाण्डौस्थित नयाँ स्टुडियोलाई आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि तथा उच्च गुणस्तरका उत्पादनमार्फत प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको छ। व्यावसायिक सौन्दर्य सेवासँगै बेलो ब्लस एकेडेमीमार्फत सौन्दर्य शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै आएको कम्पनीले निकट भविष्यमा काठमाण्डौमा पनि एकेडेमी सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

    पोखरास्थित एकेडेमीमा नेल टेक्नोलोजी, ल्यास आर्टिस्ट्री तथा व्यावसायिक सौन्दर्य सेवासम्बन्धी व्यावहारिक तथा उद्योगमुखी तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गरिँदै आइएको छ। काठमाण्डौमा हुने एकेडेमीको विस्तारले व्यावसायिक सीप विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बन्न थप अवसर उपलब्ध हुने कम्पनीको विश्वास छ।

    सन् २०२१ मा संस्थापक प्रिया गुरुङले आफ्नै घरको एउटा सानो कोठाबाट सुरु गरेको बेलो ब्लस स्टुडियो आज नेपालको आशाजनक प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित भएको छ। बेलो ब्लस स्टुडियो एन्ड एकेडेमीकी संस्थापक तथा निर्देशक प्रिया गुरुङले सन् २०२१ मा आफ्नै बेडरुमबाट सुरु गर्दा यो यात्राले यति ठूलो रूप लिन्छ भन्ने कल्पनासमेत नगरेको बताइन्। आजको प्रत्येक उपलब्धि ग्राहकहरूको विश्वास, टिमको समर्पण र पोखरावासी समुदायको निरन्तर साथका कारण सम्भव भएको उनको भनाइ छ।

    काठमाण्डौमा पहिलो स्टुडियो सञ्चालन हुनु व्यवसाय विस्तार मात्र नभएर नेपालमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा उपलब्ध गराउने सपनाको अर्को महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि उत्कृष्ट सेवा, नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै नेपालको सबैभन्दा विश्वासिलो प्रिमियम ब्यूटी ब्रान्ड बन्ने लक्ष्य रहेको स्पष्ट पारिन्।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट