logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • हेल्दी होमको २१ औँ वार्षिकोत्सव सम्पन्न, नयाँ पुस्ताको नेतृत्वसँगै नयाँ उचाइमा पुग्ने संकल्प

    हेल्दी होमको २१ औँ वार्षिकोत्सव सम्पन्न, नयाँ पुस्ताको नेतृत्वसँगै नयाँ उचाइमा पुग्ने संकल्प

    65
    SHARES
    हेल्दी होमको २१ औँ वार्षिकोत्सव सम्पन्न, नयाँ पुस्ताको नेतृत्वसँगै नयाँ उचाइमा पुग्ने संकल्प

    काठमाण्डौ । नेपालको पहिलो होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर ‘हेल्दी होम’ ले आफ्नो २१ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। वि.स. २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रूपमा स्थापना गरेको यस संस्थाले वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा अग्रणी नाम कमाउँदै हालसम्म ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ। काठमाण्डौ र पोखरामा गरी ४ वटा शाखामार्फत सेवा दिइरहेको हेल्दी होम वेट म्यानेजमेन्ट, बडी सेपिङ, स्किन एन्ड हेयर एनालिसिस सेवाका लागि परिचित छ।



    वार्षिकोत्सवका अवसरमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ औँ वार्षिकोत्सव गौरवशाली उपलब्धिका साथै ठूलो जिम्मेवारीको सुरुवात भएको बताए। २१ वर्षअघि हेल्दी होम स्थापना गर्दाको उद्देश्य केवल उपचार मात्र नभई स्वस्थ जीवनशैलीप्रतिको सचेत समाज निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको नेतृत्वसँगै संस्थाले थप उचाइ लिने विश्वास व्यक्त गरे।

    त्यस्तै, हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले २१ वर्षको विरासतलाई अझ अघि बढाउने जिम्मेवारी पाउनु आफ्नो लागि गौरव र ठूलो उत्तरदायित्व भएको बताए। उनले संस्थापकद्वयको दूरदृष्टि र मूल्य मान्यतालाई आधार बनाएर आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत हेल्दी होमलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए। आगामी वर्षहरूमा सेवा विस्तार, नयाँ शाखा स्थापना र गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने आफ्नो स्पष्ट लक्ष्य रहेको उनको भनाइ थियो।

    वार्षिकोत्सवलाई विशेष बनाउन हेल्दी होमले सञ्चालन गरेको क्याम्पेनअन्तर्गत लक्की ड्रमार्फत विजेताहरू छनोट गरी पुरस्कार वितरण गरिएको छ। जसअन्तर्गत चौथो हुनेलाई गिफ्ट ह्याम्पर, तेस्रो हुने ३ जनालाई स्किन केयर ह्याम्पर, २ जनालाई वेट लस प्रोग्राम र प्रथम हुने १ जनालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ। आगामी दिनमा हेल्दी होमले ब्रान्डको विस्तार, नयाँ प्रविधि र सेवाहरूको समावेश गर्दै वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा व्यापक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट