logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

    सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

    234
    SHARES
    सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

    काठमाण्डौ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेको हो।

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ ५० पैसा कायम भएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट