काठमाण्डौ । बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनीले सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ५१ प्रतिशत शेयर खरिद गर्ने निर्णय गरेको छ। कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकले आफ्नो ५१ प्रतिशत शेयर कायम हुने गरी सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो।
सिन्धुज्वाला हाईड्रोपावरले ४३ मेगावाटको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ए जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ। यस संगै बुद्धभूमीले आफ्नो सहायक कम्पनी मार्फत ६४ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।
अर्थ चाैतारी ।