logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४६ प्रतिशतको छलाङ, खराब कर्जा भने बढ्यो

    सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४६ प्रतिशतको छलाङ, खराब कर्जा भने बढ्यो

    312
    SHARES
    सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४६ प्रतिशतको छलाङ, खराब कर्जा भने बढ्यो

    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा व्यावसायिक सूचकहरूमा उल्लेख्य सुधार गर्दै खुद नाफामा ४६.६९ प्रतिशतको वृद्धि दर्ता गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ मात्र रहेको थाहा भएको छ ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ७ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफामा पनि आकर्षक सुधार आई ८८ करोड ४४ लाखबाट १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ । व्यवसाय विस्तारसँगै बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५ करोड ७२ लाख र कुल सञ्चालन आम्दानी २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कायम भएको छ । नाफामा आएको बढोत्तरीसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १७.०६ रुपैयाँबाट बलियो सुधार हुँदै २३.८३ रुपैयाँ पुगेको छ ।

    आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेकाले सेयरधनीहरूलाई दिन सक्ने लाभांश क्षमता १३.१९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो क्षमता १०.३६ प्रतिशत मात्र थियो । ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ सञ्चित छ भने प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.९५ गुणा रहेको छ ।

    बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सन्तुलित वृद्धि गरेको छ । गत असारसम्म बैंकले निक्षेप ४ प्रतिशत (२ अर्ब २६ करोड) ले बढाएर ५६ अर्ब ९२ करोड रुपैयाँ पुर्‍याएको छ भने कर्जा लगानी ७ प्रतिशत (३ अर्ब ५ करोड) ले वृद्धि गर्दै ४५ अर्ब ७८ करोड रुपैयाँ पुर्‍याएको छ । तर, व्यवसायका मुख्य सूचकहरू सकारात्मक रहँदा रहँदै पनि बैंकको सम्पत्तिको गुणस्तरमा भने दबाब देखिएको छ । अघिल्लो वर्ष ५.५२ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) समीक्षा वर्षमा बढेर ६.८७ प्रतिशत पुगेकाले आगामी दिनमा जोखिम व्यवस्थापनमा बैंकले थप सजगता अपनाउनुपर्ने देखिन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट