चितवन । कम्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवनको अधयक्षमा टेकलाल भुषाल चयन भएका छन। क्यान चितवनको आज भरतपुरमा भएको १७ औं साधारणसभा तथा ८ औं अधिवेशनले भुषाललाई सर्वसम्मत चयन गरेको हो । एशोसियनको उपाध्यक्षमा दिलिपकुमार तामाङ्ग, कोषाध्यक्षमा रुपक नेपाल,सचिवमा कृष्ण पोख्रेल र सहसचिवमा अनिता भुषाल चयन भएका छन ।
यस्तै सदस्यहरुमा विनोद सापकोटा, असिम ढुंगाना, प्रदिप महत्तो, तारानाथ बराल, लक्ष्मी रिमाल पौडेल, अजय गौतम र लीलानाथ भुषाल चयन भए ।
अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि चुननारायण श्रेष्ठले क्यान चितवनले वस्तुगत संघ मार्फत सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए। आर्थिक हब बनाउनको लागि सूचना प्रविधिको भूमिका उत्तिकै महत्वपूर्ण भएको बताउंँदै उनले चितवनलाई सूचना प्रविधिको हब बनाउनुपर्नेमा जोड दिएका छन । हालका दिनहरुमा हरेक व्यवसायिक क्षेत्र तरलता अभाव, चर्को व्याज र महंगीको मारमा परेको भन्दै उनले सरकारले राष्ट्रबैंकको चालुपुंँजी कर्जा मार्गनिर्देशनलाई शंशोधन गर्नुपर्ने बताए ।
क्यानका केन्द्रिय उपाध्यक्ष कुशल रेग्मीले क्यानले ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गरिसकेकोे जानकारी दिए । क्यानले सूचना प्रविधिको क्षेत्रमा सरकारको नीति निर्माणमा सहकार्य गर्दै आएको भन्दै रेग्मीले डिजीटल नेपाल र स्मार्ट सिटीको अवधारणमा क्यान अघि बढेको बताएका हुन । क्यानले अन्तरराष्ट्रिय सरोकारवाला संस्थासंँग पनि सहकार्य गर्दै आएको बताउंँदै उनले जिल्लाका शाखाहरुको स्तोरन्नतीमा जुनुसकुै सहयोग गर्न तयार रहेको बताए ।
क्यानका केन्द्रिय सदस्य भानु शर्माले सूचना प्रविधि व्यवस्थित र व्यवसायिक बन्नुपर्नेमा जोड दिए । व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भन्दै शर्माले व्यवसायीहरुमा एकता र मुल्यमा एकरुपता हुनुपर्ने बताए । क्यानले हार्डवेयर क्षेत्रको साथै कम्युटर सफ्टवेयर र नेटवर्किङ्ग क्षेत्रलाई पनि समेट्दै लग्नु पर्ने उनको भनाई छ । चितवन सबै क्षेत्रको हब भएको हुंँदा सूचना प्रविधिको हब बनाउनु पर्ने उनको धारणा थियो ।
कार्यक्रमका अध्यक्ष तथा निवर्तमान अध्यक्ष सन्तोषजनक भुषालले नयांँ कार्यसिमितिले अझ शशक्त र प्रभावकारी रुपमा काम गर्नेमा आफू विश्वस्त रहेको बताए । कोभिडको समयमा व्यवसायीलाई विमा र अन्य सामाजिक कार्य गर्दै आएको भन्दै उहांँले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि संँगै लैजान आग्रह गरे । क्यान चितवनमा १५३ जना सदस्य आवद्ध छन् । क्यानको कार्यकाल दुईबर्षको हुनेछ ।
अर्थ चाैतारी ।