logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना

    भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना

    1.6K
    SHARES
    भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना

    काठमाण्डौ । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकको हितका लागि काम गर्दै आइरहेको छ। समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते बसन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना गरेको छ।



     

    उक्त रक्तदान शिविरमा भिभोका कर्मचारी, भिभो फ्यान, ग्राहकलगायतको उत्साहजनक सहभागिता थियो। कार्यक्रममार्फत भिभोले रक्तदान एक महान कार्य हो र रक्तदान गरेर जीवन बचाउँ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको हो। शिविरमा ५० भन्दा बढी व्यक्तिको सहभागिता थियो। जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए।

     

    कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो। यो कार्यक्रम काठमाण्डौ सहरको मुटुमा अवस्थित सांस्कृतिक महत्व बोकेको बसन्तपुत दरबार स्क्वायरमा आयोजना भएको थियो। यसबाहेक, रक्तदानले दुर्घटनाका घाइतेरु, गम्भीर रोगका बिरामीलगायतलाई उनीहरुको चिकित्सा उपचारको विभिन्न चरणहरूमा जीवन बचाउन सहयोग पुर्याउनुका साथै रक्तदाताका लागि पनि फाइदाजनक छ। किनकि यसले रक्तचाप कम गर्छ र हृदयघातको जोखिम पनि कम गर्दछ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट