logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्यमा निर्वाचित गराउन सापकोटाको अनुरोध

    राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्यमा निर्वाचित गराउन सापकोटाको अनुरोध

    819
    SHARES
    राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्यमा निर्वाचित गराउन सापकोटाको अनुरोध

    काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्यमा निर्वाचित गराउन केशवप्रसाद सापकोटाले अनुरोध गरेका छन् । उनी सहकारी क्षेत्रमा दुई दशकदेखि सक्रिय रुपमा काम गरिरहेका छन् ।



    सहकारी संस्थाको इमेज खराब हुँदै गएकाले त्यसलाई सुधार्न पनि सदस्यमा उम्मेदवारी दिनुपरेको सापकोटाले बताए । ‘सञ्चालकहरूले विभिन्न ठाउँमा बचतकर्ताको पैसा खाएर भागे भन्ने आरोप छ । त्यस्ता आरोपलाई न्यूनीकरण गरी शुद्धीकरण गर्नुपर्नेछ,’ उनले भने ।

    सहकारीहरू नीति र विधिले चल्नुपर्ने सापकोटाले माग राखेका छन् । सहकारीमा आर्थिक सुशासन हराउँदै गएकाले सुशासनलाई मुख्यतया प्राथमिकतमा राख्नुपरेको उनले बताए ।

    ग्रामीण र सहरी भेगमा बसोबास गर्ने गरिबहरूको वित्तीय पहुँच पुर्याउनु मुख्य दायित्व रहने काम गर्ने उनले बताए । सहकारीले निम्न तहका मानिसहरूलाई घरदैलो सेवा अभियानलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

    शनिबार पुस १६ गते हुने निर्वाचनम उनीसहित चारजना प्रतिस्पर्धी लेखा समितिको सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

    सापकोटासँग संयुक्त राष्ट्रसंघको सहकारी खाद्य विभागमा विज्ञको रुपमा काम गरेको अनुभव छ ।

    राष्ट्रिय सहकारी बैंकमा १५ हजार ८ सय सहकारी संस्था आवद्ध छन् । तिनका पदाधिकारीले सञ्चालक तथा लेखा समितिका सदस्य चयन गर्ने छन् । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको छ । देशभरका विभिन्न स्थानमा ५७ वटा शाखा छन् ।

    देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा परिचित विकूको अन्तर्राष्ट्रिय छवि दिनप्रतिदिन फैलदो छ । संस्थालाई आजको स्थितिसम्म ल्याइपुर्याउन सापकोटाको नेतृत्वदायी भूमिका रहेको छ ।

    उनी २०५० सालदेखि विकू बचतमा आवद्ध छन् । सञ्चालक सदस्यबाट सुरु भएको विकूसँगको उनको नाता सहसचिव हुँदै अध्यक्षसम्म प्रगाढरुपमा जोडिएको थियो । सबै भूमिकालाई उत्तिकै न्याय गर्दै उनले संस्थाको साख वृद्धिमा आफ्नो कौशल प्रदर्शन गरेका थिए । सापकोटा हाल विजयीश्री उपभोक्ता सहकारी संस्थाका अध्यक्ष हुन् । संस्थाले मार्ट सञ्चालन गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १६ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट