logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अर्थतन्त्र सुधार्न उत्पादनमुखी कार्यक्रम गर्नुपर्नेः पूर्वअध्यक्ष लम्साल

    अर्थतन्त्र सुधार्न उत्पादनमुखी कार्यक्रम गर्नुपर्नेः पूर्वअध्यक्ष लम्साल

    702
    SHARES
    अर्थतन्त्र सुधार्न उत्पादनमुखी कार्यक्रम गर्नुपर्नेः पूर्वअध्यक्ष लम्साल

    काठमाण्डौ । अबको सरकारले अर्थतन्त्र सुधार्न उत्पादनमुखी कार्यक्रम गर्नुपर्ने लघुवित्त वित्तीय सङ्घका पूर्व अध्यक्ष वसन्तराज लम्सालले बताएका छन् । कृषि र उत्पादनमुखी अर्थतन्त्रलाई सरकारले जोड दिएन भने अर्थतन्त्र नउकासिने उनले दाबी समेत गरेका छन् । नेपाल कृषिप्रधान देश भएकाले कृषि उत्पादनमा जोड दिएर अगाडी बढ्न उनले सुझाव दिएका छन् । अबको सरकारले अर्थसम्बन्धी दीर्घकालीन नीति ल्याएर अगाडी बढ्नुपर्ने उनले बताए ।



     

     

    नीति र कार्यान्वयन पक्ष फरक भएकाले अर्थतन्त्र सुधार नभएको बताउने लम्सालले भने ‘कृषि, कृषि भनेर जोड दिन्छौ तर त्यसको व्यवहारिक पक्ष र नीति निर्माणको कार्यान्वयनमा भने फितलो हुन्छ त्यसले अप्ठ्यारो पारेको हो ।’ उनले भने ‘दोस्रो रोजगारीको कुरा गर्छाैं, धेरै जनशक्ति विदेश गएको छ त्यसलाई फर्काउने र यही रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ । बैङ्क र वित्तीय संस्थासँग सहकार्य गरेर काम गर्न आवश्यक छ । व्यवसाय गरेपछि त्यो सहकार्य त आवश्यक नै छ ।’ पहिले सरकार छिटो समयका लागि थियो चुनाव भयो अबको सरकारले दीर्घकालीन नीति बनाएर व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने लम्सालको भनाई छ ।

     

    अर्थतन्त्र चलायमान नभएको लघुवित्त वित्तीय सङ्घका पूर्व अध्यक्ष वसन्तराज लम्सालले बताए । सोही कारणले अर्थतन्त्रको अवस्था अप्ठ्यारो रहेको हो । बैङ्क तथा वित्तीय संस्थाले ऋण दिन नसक्नु, राजस्व कम उठिनु, सरकारको नियमित खर्चलाई राजस्वले समेट्न नसक्नुले नै अर्थतन्त्रमा अप्ठ्यारो अवस्था आएको स्पष्ट देखिएको उनको भनाई छ । अहिलेको आर्थिक मन्दी नेपालका लागि व्यवस्थापकीय कमजोरी पनि हो ।

     

     

    विकास खर्च जति हुन पर्ने हो त्यति भएको छैन । उनले भने ‘नेपालमा वैदेशिक विनिमय घटेर समस्या भएको थियो । हाल सुधारोन्मुख छ । हालको अवस्था अन्तर्राष्ट्रिय स्तरमा नै आर्थिक मन्दीको अवस्था आएको हो । श्रीलङ्कामा केही समय पहिले देखिएको मन्दी अन्य राष्ट्रहरूमा पनि परेको छ ।’ उनले कोभिडको प्रभाव, रसिया र युक्रेनको द्वन्द्व र अन्य कारणले यो समस्या देखिएको हो ।

     

    अर्को कारण उनले भने अर्थशास्त्रको सामान्य सिद्धान्तमा यस्तो मन्दी समय समयमा दोहोरिरहन्छ एउटा चक्र हुन्छ त्यसको प्रभावले सन २००८ मा पनि यस्तै अवस्था देखिएको बताए । एउटा निश्चित समयमा यो चक्र दोहोरिरहन्छ यो टारेर नटर्ने उनले बताए । अहिले पनि यस्तै सोही चक्र अनुसार नै यसले अहिले पनि प्रभाव पारेको बताउने उनले २०२१ को अन्त्यबाट सुरु भएको यो अर्थतन्त्रको अवस्था २०२३ मा कम हुनसक्ने बताएका छन् । नेपालमा आर्थिक मन्दीको अवस्था आउनु आन्तरिक र बाह्य दुवै कारण रहेको उनको बुझाई छ ।


    अर्थ चाैतारी
  • शनिबार, १६ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट