logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सहकारी बैंकको नयाँ सञ्चालक समिति अध्यक्षा केबी उप्रेती चयन

    सहकारी बैंकको नयाँ सञ्चालक समिति अध्यक्षा केबी उप्रेती चयन

    754
    SHARES
    सहकारी बैंकको नयाँ सञ्चालक समिति अध्यक्षा केबी उप्रेती चयन

    काठमाण्डाै । राष्ट्रिस सहकारी बैंकको सञ्चालकमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले अध्यक्ष केबी उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो ।



     

    प्रादेशिक संरचनामा गएको बैंकको सदस्यहरुमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जीसी, कर्णाली प्रदेशबाट कालीबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् ।

     

    यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् भने बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका हुन् ।

     

    यता लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा निर्वाचित ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् । सोमबार निर्वाचित सञ्चालकहरुको नाम घोषणा गर्दै साधारणसभाको निर्णय प्रमाणीकरण तथा सभा समापन समारोहमा नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, १८ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट