logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

    राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

    741
    SHARES
    राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

    काठमाण्डाै । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।



    बैंकको १९औं वार्षिक साधारणसभा सकिएकै दिन बैंकले गत आर्थिक वर्षको लाभांश १५ हजार ४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा पठाएको जनाएको छ । साधारण सभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरे लगत्तै सदस्यको खातामा रकम पठाएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए ।

     

    बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ ।

     

    बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ । बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ ।

     

    संरक्षित पुँजी फिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समयपछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट