logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • प्रयोगकर्तालाई झट्का ! यी डिभाइसमा गुगल क्रोम नचल्ने

    प्रयोगकर्तालाई झट्का ! यी डिभाइसमा गुगल क्रोम नचल्ने

    1.1K
    SHARES
    प्रयोगकर्तालाई झट्का ! यी डिभाइसमा गुगल क्रोम नचल्ने

    काठमाण्डौ । गुगलले यसै वर्ष क्रोम ११० लन्च गर्न लागेको छ। रिपोर्टका अनुसार क्रोम ११० लाई आउँदो ७ फेब्रुअरीमा लन्च गरिनेछ। यो नयाँ रिलिजसँग कम्पनीले पुरानो क्रोमका लागि आफ्नो सपोर्ट समाप्त गर्नेछ। यसले धेरै प्रयोगकर्तालाई झट्का लाग्नेछ।



     

    गुगलको सपोर्ट पेजका अनुसार क्रोम १०९ क्रोमको फाइल भर्जना हो। जसले दुई पुराना माइक्रोसफ्ट अपरेटिङ सिस्टम विन्डो ७ र विन्डो ८.१ लाई सपोर्ट गर्दछ। गुगलले यही १५ जनवरीमा पुराना क्रोम भर्जनहरुका लागि सपोर्ट समाप्त गर्नेछ।

     

    यो नयाँ भर्जनका साथमा क्रोम ११० क्रोमको पहिलो भर्जन हुनेछ। जसलाई विन्डो १० वा सोभन्दा माथिको भर्जन चाहिन्छ। प्रयोगकर्ताले क्रोमको पुरानो भर्जन विन्डो ७ वा विन्डो ८.१ मा प्रयोग गर्न सक्नेछन्। तर, तिनीहरुले कुनै पनि लेटेस्ट अपडेट वा सेक्युरिटी फिक्स प्राप्त गर्ने छैनन्।

     

    गुगलले आफ्नो ब्लग पोस्टमा क्रोम १०९ पछिल्लो भर्जन हो। जसले विन्डोज ७, विन्डोज ८ वा विन्डोज ८.१ सपोर्ट गर्छ। क्रोम ११० क्रोमको पहिलो भर्जन हुनेछ। जुन विन्डो १० वा पछिको भर्जनमा काम गर्नेछ। गुगलका अनुसार प्रयोगकर्ताले क्रोम प्रयोग जारी राख्न आफ्नो डिभाइस विन्डो १० वा विन्डो ११ मा अपडेट गर्नुपर्नेछ। त्यसपछि मात्र प्रयोगकर्ताले क्रोमको फ्युचर अपडेटहरु प्राप्त गर्न सक्नेछन्। –एजेन्सी


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट