logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ‘विद्युत् प्राधिकरणको कारण पोखरामा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्छ’

    ‘विद्युत् प्राधिकरणको कारण पोखरामा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्छ’

    1.4K
    SHARES
    ‘विद्युत् प्राधिकरणको कारण पोखरामा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्छ’

    काठमाण्डौ । इन्टरनेट व्यवसायीहरुले पोखरामा विद्युत् प्राधिकरणको कारण कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जानकारी गराएका छन्। इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्तिमार्फत विद्युत् प्राधिकरणको कारण पोखरामा इन्टरनेट अवरुद्ध हुने अवस्था आएको बताएका हुन्।



     

    उनका अनुसार प्राधिकरणले पोखरामा इन्टरनेट सेवाप्रदायकको मुख्य अपरेसन सेन्टरमा छानेरै विद्युत् विच्छेद गरेकाले उक्त समस्या आउनसक्ने देखिएको छ। सेवा प्रदायकले हरसम्भव प्रयास गर्दा पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ।

     

    सोही कारण पोखरा र आसपासका क्षेत्रमा सेवा अवरुद्ध हुने उनले जानकारी दिए। यसको सबै जिम्मा विद्युत् प्राधिकरणले लिई क्षतिपूर्ति समेत दिनुपर्ने पराजुलीले बताए। व्यवसायीले पछिल्लो समय प्राधिकरणले आफूखुसी रुपमा ७ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै विरोध गरिरहेका छन्।


    अर्थ चाैतारी
  • विहिबार, २१ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट